‘शिक्षाको बजेट कुल बजेटको २० प्रतिशत पुर्‍याइने’

सफल खबर संवाददाता

मंगलबार, ११ माघ २०७८, ०८ : ३०
‘शिक्षाको बजेट कुल बजेटको २० प्रतिशत पुर्‍याइने’

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आगामी आर्थिक वर्षदेखि नै शिक्षालाई थप प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय मान्यताअनुसार शिक्षाको बजेट कुल बजेटको २० प्रतिशत पुर्‍याउन सक्रिय भूमिका निर्वाह गरिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

मन्त्रालयको कार्यभार सम्हालेको ६ महिना पुगेको अवसरमा सुधार र उपलब्धिका बुँदा सार्वजनिक गर्ने क्रममा सोमबार यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो । २५ बुँदे उपलब्धि र ५५ बुँदे सुधारका प्राथमिकतामध्ये शिक्षा बजेटमा वृद्धि गर्ने विषयलाई उच्च महत्वका साथ हेरिएको छ । मन्त्री पौडेलले सार्वजनिक गर्नुभएका उपलब्धि र सुधारका अन्य योजनाहरूमा भने अधिकांश पुराना छन् ।

मन्त्री पौडेलले सार्वजनिक गरेको उपलब्धिमा १० वर्षे ‘विद्यालय शिक्षा क्षेत्र योजना’ स्वीकृत भएको विषय पनि समावेश छ । विकास साझेदारसँग छलफल र समझदारी गरी शैक्षिक विकासमा थप सहयोगका लागि प्रतिबद्धता जनाइएको सो योजना आगामी साउन १ गतेबाट लागु हुनेछ ।

६ महिने उपलब्धिमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनको लागि प्रस्ताव माग गरी कार्यान्वयनको क्रममा रहेको, स्थायी शिक्षक पदपूर्तिका लागि शिक्षक सेवा आयोग नियमावली संशोधन स्वीकृत गरी १७ हजारभन्दा बढी शिक्षकको खुला प्रतियोगितामार्फत पदपूर्ति प्रक्रिया अगाडि बढाइएको उल्लेख छ । नेपाल समाचारपत्र दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस