शुक्रराज ट्रपिकल अस्पतालमा आजदेखि फेरि खोप अभियान

सफल खबर संवाददाता

मंगलबार, ११ माघ २०७८, ०७ : ४८
शुक्रराज ट्रपिकल अस्पतालमा आजदेखि फेरि खोप अभियान

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा मंगलबारबाट फेरि खोप अभियान सञ्चालनमा  आएको छ । 

सोमबार अस्पतालले विज्ञप्ति जारी गर्दै काठमाडौं महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटी काठमाडौंबाट जनशक्ति व्यवस्थापन हुने भएकोले नियमित रुपमा खोप कार्यक्रम सञ्चालन हुने जनाकारी दिएको हो । 

अस्पतालका ५० बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी कोभिड–१९ बाट संक्रमित भएपछि सोमबारदेखि ७ दिनका लागि खोप अभियान स्थगित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस