चितवन । चितवनमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या एक हजार नाघेको छ । आज (मंगलबार) एकै दिन २४६ जना कोरोना संक्रमित थपिएसंगै चितवनमा संक्रमितको संख्या एक हजार नाघेको हो । स्वास्थ्य कार्यालय चितवनका अनुसार आज दिउँसोसम्ममा कुल सक्रिय संक्रमितको संख्या एक हजार १२७ पुगेको छ । संक्रमित मध्ये एक हजार ८७ जना होम आइसोलेसनमा छन् भने ४० जना अस्पतालमा उपचाररत छन् ।
सबैभन्दा बढी संक्रमित भरतपुर महानगरपालिकामा छन् । महानगर भित्र मात्रै संक्रमितको संख्या ९२८ पुगेको छ । यस्तै रत्ननगर नगरपालिकामा ८२, खैरहनी नगरपालिकामा ३६, राप्ती नगरपालिकामा ३१, कालिका नगरपालिकामा २२, माडी नगरपालिकामा १५ र इच्छाकामना गाउँपालिकामा १३ जना संक्रिय संक्रमित छन् ।
यस्तै आज (मंगलबार) २४६ जनामा संक्रमण पुष्टि भएको छ । आज संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका मात्रै २१८ जना रहेका छन् । यस्तै रत्ननगर नगरपालिकाका १०, खैरहनीका ५, कालिकाका ५, राप्तीका ४ र माडीका १ जना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । यस्तै कोरोनाको कारण भने आज कसैको पनि मृत्यु भएको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ माघ २०७८, १६ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनका भित्री सडकमा दुर्घटना बढी
चितवनमा कैदीबन्दीको चाप बढेसँगै व्यवस्थापनमा समस्या
चितवनमा भएको बाघचाल प्रतियोगितामा सागर भण्डारी पहिलो
बिभिन्न कार्यक्रममा सहभागी हुन राष्ट्रपति पौडेल चितवनमा
चितवन मिल्क उद्योग एक महिनापछि पुनः सञ्चालनमा
चितवनमा नवौँ फर्मा एक्स्पो सुरु