काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको झन्डै ९० लाख डोज खोप मौज्दात रहेको छ । यद्यपि अझै ३९ प्रतिशत लक्षित वर्गका नागरिकले खोपको दोस्रो मात्रा लगाउन पाएका छैनन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार पहिलो खोप नै नलगाएका नागरिकको सङ्ख्या २० दशमलव ५ प्रतिशत रहेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा। सङ्गीता मिश्राका अनुसार १८ वर्षमाथिका एक करोड ९९ लाख २२ हजार १६४ जनालाई खोप लगाउने लक्ष्य राखिएको छ तर खोप सुरु भएपछि आइतबारसम्मको तथ्याङ्कअनुसार देशभरि दुई करोड ७९ लाख ६५ हजार पाँच सय मात्रा खोप लगाइएको जनाइएको छ ।
मन्त्रालयका अनुसार लक्षित नागरिक समूहमध्ये खोपको एक मात्रा लगाउनेको सङ्ख्या एक करोड ५८ लाख ३७ हजार ६७१ रहेको छ । पूर्ण खोप लगाउनेको सङ्ख्या एक करोड २१ लाख २७ हजार ८२९ रहेको छ ।
पूर्ण मात्रा लगाउने ६० दशमलव ९ र एक मात्रा मात्रै लगाउनेको सङ्ख्या ७९ दशमलव ५ प्रतिशत हुन्छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले लक्षित वर्गका सबै नागरिकलाई खोप दिइने बताए । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, ०३ माघ २०७८, ०८ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
९ हजार बढी बाख्रालाई पीपीआरविरुद्धको खोप
तनहुँका १४ हजार छात्रालाई क्यान्सरविरुद्धको एचपीभी खोप लगाइँदै
काभ्रेका १६ हजार छात्रालाई क्यान्सरविरुद्धको खोप दिइने
क्यान्सरविरुद्धको खोप सित्तैमा बाँड्दैछ रुस ?
हुम्लामा राष्ट्रिय खोप कार्यक्रम सञ्चालन
महिला मृत्युदर घटाउन निःशुल्क ‘एचपीभी’ खोप