लमजुङ । लमजुङमा शनिबार एकैदिन आठजनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना परीक्षणका लागि एन्टिजेन परीक्षण गर्दा आठजनामा संक्रमण पुष्टि भएको जिल्ला अस्पताल लमजुङले जनाएको छ ।
जिल्ला अस्पतालमा एन्टिजेन गर्दा एकैदिन यतिका धेरै संख्यामा संक्रमण पुष्टि भएको अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताए । उनका अनुसार शनिबार चार पुरुष र चार महिनामा संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमण पुष्टि हुने अधिकाशंमा रुघाँखोकी, ज्वरो, जिउ दुख्ने, घाँटी दुख्ने समस्या लिएर अस्पताल आउने गरेको अस्पतालले जनाएको छ । शनिबार संक्रमण पुष्टि हुने आठजनाकै स्वास्थ्य अवस्था सामान्य रहेको छ । जसमध्ये ६ जना होम आइसोलेशनमा रहेको र दुईजना अस्पतालको आइसोलेसनमा उपचाररत रहेको अस्पताल प्रमुख श्रेष्ठले बताए ।
पछिल्लो साता अस्पताल आउने अधिकाशं विरामीको एन्टिजेन गर्दा संक्रमण पुष्टि हुने गरेको छ । संक्रमण जोखिम बढेपछि अस्पतालले २५ बेडको आइसोलेनस तयारी अवस्थामा राखेको छ । मास्कबिना अस्पताल प्रवेशमा निषेध गरिएको छ । विरामीलाई भौतिक दूरी कायम गर्दै समय समयमा स्यानिटाइजर प्रयोग गर्न भनिएको छ । एक सय ५० अक्सिजन सिलिन्डर तयारी अवस्थामा राखिएको छ । कोरोना संक्रमण जोखिम बढेपछि अस्पतालले यसअघि सुरु गरेको हेलो डाक्टर सेवा र मनोविमर्श सेवा पुनस् सुचारु गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ माघ २०७८, १० : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालमा फेरि देखियो कोरोना संक्रमण, ४२ जनामा 'केपी' भेरियन्ट पुष्टि
सुदूरपश्चिममा कोरोना संक्रमणको जोखिम बढ्दै