काठमाडौं । बेलायतमा कोरोना संक्रमित संख्या एक महिनायताकै कम भएको तथ्यांकले देखाएको छ । कोरोनाको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ संक्रमण तीव्र रुपमा फैलिएपछि बेलायतमा महामारीयताकै बढी संक्रमित भएका थिए ।
दुई लाख बीस हजार भन्दा बढी संक्रमित हुँदै आएकोमा अहिले यो संख्या घटेर ८१ हजारमा झरेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले शनिबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा ८१ हजार ७१३ जना नयाँ संक्रमित थपिएका छन् ।
यो संख्या गत वर्ष डिसेम्बर १५ पछिकै सबैभन्दा कम हो । योसंगै बेलायतमा कुल संक्रमितको संख्या एक करोड ५१ लाख ४७ हजार १२० पुगेको छ । बेलायतमा नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ संक्रमण तीव्र भएपछि स्वास्थ्य क्षेत्र लगायतका विभिन्न ठाउँमा कर्मचारी अभाव भएपछि सोमबारबाट कोरोना संक्रमण पोजिटिभ भएका मानिसहरुले पाँच दिन आइसोलेशन बसेर पाँचौ र छैटौं दिनको नेगेटिभ ल्याटरल फ्लो नतिजा आएपछि आइसोलेशनमुक्त हुन सक्नेछन् ।
यद्धपि कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या भने अझै उच्च छ । यहाँ पछिल्लो एकसातामा एक हजार ८४३ जनाको मृत्यु भएको छ । यो संख्या अघिल्लो साताको तुलनामा ४५ प्रतिशत बढी हो । गएको २४ घन्टामा २८७ संक्रमितको मृत्यु भएको छ । बेलायतमा कोरोनाका कारण हालसम्म एक लाख ५ हजार ८९९ पुगेको छ ।
यसैगरी कोरोना संक्रमणका कारण गएको २४ घन्टामा दुई हजार ४२३ जना अस्पताल भर्ना भएका छन् । हाल बेलायतका अस्पतालमा १९ हजार ५३९ जनाको उपचार भइरहेको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’को तथ्यांकमा उल्लेख छ । तेस्तै ७७७ जनाको भेन्टिलेटर बेडमा उपचार भैरहेको छ ।
यसैगरी बेलायतमा ९०।५ प्रतिशतले कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाएका छन् भने दोस्रो मात्रा लगाउनेको संख्या ८३.२ प्रतिशत रहेको छ । बुस्टर अर्थात तेस्रो मात्रा खोप लगाउनेको संख्या पनि ६३ प्रतिशत भन्दा बढी छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०२ माघ २०७८, ०७ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बेलायती राजकुमारले गराए ब्रिटिश सेनामा भर्ती भएका नेपालीलाई शपथ
बेलायतमा रहेका कोइरालासँग तत्कालीन अनमिन प्रमुख मार्टीनको भेट
बेलायत जाँदै शेखर कोइराला
बेलायतमा आप्रावासीको संख्या गत बर्ष मात्रै ९ लाख थपिए
बेलायतको राष्ट्रिय कर्जा आगामी ५० वर्षमा तेब्बर हुने
बेलायतमा डान्स क्लासमा चक्कु प्रहार, २ बालिकाको मृत्यु, ९ घाइते