नुवाकोटमा चिकित्सक मृत फेला

सफल खबर संवाददाता

शुक्रबार, ३० पुस २०७८, १२ : २४
नुवाकोटमा चिकित्सक मृत फेला

काठमाडौं । नुवाकोटको विदुर नगरपालिका–१ स्थित ढुंगेमा चिकित्सक मृत अवस्थामा भेटिएका छन् । नुवाकोट घर भएका २६ वर्षीय डाक्टर शशांक पाण्डे मृत भेटिएका हुन् ।

गएराति १२ बजेतिर त्रिशुली बजारबाट बट्टार जाँदै गरेका पाण्डे चढेको मोटरसाइकल दुर्घटना भएको नुवाकोटका एसपी रामप्रकाश शाहले बताए । उनी सञ्जीवनी पोलिक्लिनकमा कार्यरत थिए ।

शुक्रवार बिहान दुर्घटना भएको खबर पाएपछि उनलाई प्रहरीले त्रिशुली अस्पतालमा लगिएको थियो । पाण्डेको शव पोष्टमार्टमका लागि काठमाडौं ल्याइएको छ । उनी सवार प्र–३–०२–८४४४ नम्बरको मोटरसाइकल कसरी दुर्घटना भयो भन्नेबार अनुसन्धान भइरहेको एसपी शाहले बताए । 

प्रतिक्रिया दिनुहोस