महालक्ष्मी विकास बैंकद्वारा खाद्य सामाग्री प्रदान

सफल खबर संवाददाता

विहीबार, २९ पुस २०७८, १३ : ३८
महालक्ष्मी विकास बैंकद्वारा खाद्य सामाग्री प्रदान

काठमाडौं । महालक्ष्मी विकास बैंकको बानेश्वर शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरर्गत बानेश्वरको संगमचोकमा रहेको नयाँ नेपाल समाज केन्द्रलाई सहयोग स्वरुप खाद्य सामाग्री प्रदान गरेको छ । 

समाजकेन्द्रको कार्यालयमा आयोजित एक विशेष समारोहका बीच बानेश्वर शाखाका शाखा प्रबन्धक विकास रावलले खाद्य सामाग्रीहरु समाजकेन्द्रका प्रमुख कृष्ण बहादूर गुरुङलाई हस्तान्तरण गरेका हुन । समाजकेन्द्रले हाल ४० जना अनाथ बालबालिकाहरुको संरक्षण गर्दै आएको छ । यस प्रकारको सहयोगले उक्त समाजकेन्द्रमा रहेका बालबालिकाहरुको  शारिरिक र मानसिक विकासमा टेवा पुग्ने विश्वास बानेश्वर शाखाका प्रबन्धक विकास रावलले व्यक्त गरे । 

कार्यक्रममा बोल्दै केन्द्रका प्रमुख कृष्ण बहादूर गुरुङले बैंकले गरेको सहयोग प्रति कृतज्ञता जाहेर गर्नुका साथसाथै यस किसिमको सहयोगले बालबालिकाहरु उत्साहित भएको बताए । आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु संचालन गर्ने कुरा बैंकले जनाएको छ ।