भत्काउन थालियो चारखाल अड्डा

सफल खबर संवाददाता

विहीबार, २९ पुस २०७८, ०८ : १६
भत्काउन थालियो चारखाल अड्डा

काठमाडौं । कुनै बखत काठमाडौँका प्रशासकीय निकाय रहेको डिल्लीबजारस्थित चारखाल अड्डा निकै जीर्ण भएका कारण भत्काउन थालिएको छ ।

राणाकालमा हनुमानढोका क्षेत्रमा स्थान अभाव भएपछि त्यस बेलाको सहरभन्दा बाहिर भवन निर्माण गरी केही अड्डा सारिएका थिए ।

चारखाल अड्डामा एक समय काठमाडौँ जिल्ला अदालत, मालपोत कार्यालय, जिल्ला विकास  समिति,  जिल्ला  प्रशासन  कार्यालय, जिल्ला  अदालत,  गुठी  संस्थान  र  सरकारी वकिलको कार्यालय थिए, गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस