काठमाडौं । निर्वाचन आयोगले आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको लागि आजदेखि आचारसंहिता लागु गरेको छ । निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शीता तथा भयमुक्त वातावरण कायम गर्न आचारसंहिता जारी गरिएको हो ।
आचारसंहिता नेपाल सरकार र सरकारका मन्त्री, प्रदेश सरकार र स्थानीय तह, कर्मचारी, सुरक्षाकर्मी, राजनीतिक दल तथा दलसँग आबद्ध भातृ संगठनमा लागु हुने आयोगले जनाएको छ ।
यसैबिच निर्वाचन आयोगले हिजो उम्मेद्वारको अन्तिम नामवली प्रकाशन गर्दै उम्मेद्वारलाई चुनाव चिन्ह पनि प्रदान गरेको छ । दलहरुले चाहने अनुसारकै चुनाव चिन्ह पाएका छन् ।
राष्ट्रियसभा निर्वाचनका लागि ९ दलबाट ४३ उम्मेदवारको मनोनयन दर्ता भएको छ । निर्वाचनका लागि सत्ता गठबन्धनका पाँच दलले सिट भागबन्डा गर्दा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले एक्लै प्रतिस्पर्धा गर्दैछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ पुस २०७८, १३ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रियसभा अध्यक्ष उम्मेदवारको अन्तिम नामवली प्रकाशित
कोशीमा कांग्रेसका सिटौला निर्वाचित
गण्डकीबाट कांग्रेसका किरण विजयी
कोशीमा एमाले उम्मेदवार कोइराला निर्वाचित
मधेशबाट आनन्दप्रसाद ढुंगाना र पूजा चौधरी निर्वाचित
राष्ट्रियसभा निर्वाचन : बागमतीमा मतगणना सुरु