काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि सोमबार (आज) देखि आचार संहिता लागु भएको छ। निर्वाचन आयोगले स्वच्छता, निष्पक्षता, पारदर्शिता, भयमुक्त वातावरण राख्न निर्वाचन आचार संहिता पुस २६ देखि लागु हुने बताएको छ।
निर्वाचन आयोगले व्यक्ति, निकाय तथा अधिकारीलाई तोकेरै आचार संहिता लागु भएको बताएको छ। आचार संहिताको पालना गर्नु सम्बन्धित सबैमा आग्रहसमेत गरेको छ। आचार संहिता उल्लंघन भएमा कानुनी कारबाही हुने भएकाले पूर्णरूपमा पालना गर्न गराउन सरोकारवालामा निर्देशन गरेको छ।
अन्तिम नामावली प्रकाशन, चुनाव चिह्न वितरण
निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि सातै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन र निर्वाचन चिह्न दिइएको छ। माघ १२ मा हुन लागेको राष्ट्रियसभा १९ जना सदस्य पदको निर्वाचनमा ४३ जनाको उम्मेदवारी परेको छ।
निर्वाचनका लागि उम्मेदवार दर्ता गरेकाहरूले कसैले पनि फिर्ता गरेका छैनन्। राष्ट्रियसभा सदस्यका लागि पाँच दलीय गठबन्धन सरकारमा रहेका दलहरू एकैठाउँबाट चुनाव लड्दैछन्। त्यसैगरी प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एक्लै आफ्ना उम्मेदवार उठाएको छ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा गठबन्धन गरी उम्मेदवार राष्ट्रिय सभा सदस्यको चुनाव लड्दैछन्। सातै प्रदेशको प्रतिनिधित्व हुनेगरी महिला, दलित, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य गरी जम्मा १९ पदको लागि चुनाव हुन लागेको हो। त्यसमध्ये महिला ७, दलित ३, अपांगता भएका २ र अन्य ७ जनाका लागि चुनाव हुँदैछ। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, २६ पुस २०७८, ०७ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रियसभा अध्यक्ष उम्मेदवारको अन्तिम नामवली प्रकाशित
कोशीमा कांग्रेसका सिटौला निर्वाचित
गण्डकीबाट कांग्रेसका किरण विजयी
कोशीमा एमाले उम्मेदवार कोइराला निर्वाचित
मधेशबाट आनन्दप्रसाद ढुंगाना र पूजा चौधरी निर्वाचित
राष्ट्रियसभा निर्वाचन : बागमतीमा मतगणना सुरु