काठमाडौं र ललितपुरमा भोलिबाट ‘फाइजर’ खोप

पत्रपत्रिकाबाट

सोमबार, २६ पुस २०७८, ०७ : ४७
काठमाडौं र ललितपुरमा भोलिबाट ‘फाइजर’ खोप

काठमाडौं । सिरिन्ज अभावका कारण दुई साताअघि स्थगित कोरोनाविरुद्धको खोप अभियान भोलि पुस २७ गतेबाट हुने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भोलिबाट उपत्यकामा तीनै जिल्लाका स्थानीय तहसँग समन्वय गरी १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि खोप अभियान शुरू गर्न लागेको हो । यसअघि पुस १३ देखि २२ सम्म खोप अभियान शुरू गरिएको थियो । मन्त्रालयले भक्तपुरमा मोडर्ना, काठमाडौं र ललितपुरमा फाइजर खोप दिन लागेको हो ।

मन्त्रालयका प्रवक्ता डा. गीताकौशल मिश्राले विशेषगरी १२ देखि १७ वर्ष उमेर समूहकालाई उपत्यकामा खोप अभियान सञ्चालन गर्न लागेको पुष्टि गरिन् । नेपाल समाचारपत्रमा खबर छ ।
 

प्रतिक्रिया दिनुहोस