राष्ट्रपति–प्रधानमन्त्री भेटवार्ता : समसामयिक विषयमा कुराकानी

सफल खबर संवाददाता

विहीबार, २२ पुस २०७८, १९ : १५
राष्ट्रपति–प्रधानमन्त्री भेटवार्ता : समसामयिक विषयमा कुराकानी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच बिहीबार साँझ भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारीसँगको शिष्टाचार भेटका लागि प्रधानमन्त्री देउवा राष्ट्रपति कार्यालय शीतल निवास पुग्नुभएको थियो ।

नियमित भनिएको यस भेटमा समसामयिक विषयमा कुराकानी भएको थियो । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले उक्त भेटका क्रममा बढ्दो कोरोना महामारीका विषयमा कुराकानी भएको जानकारी दिए। उनाका अनुसार सो भेटमा राष्ट्रपति भण्डारीले नेपालमा पछिल्लो समयमा कोरोना भाइरसको सङ्क्रमण एवं कोरोनाविरुद्धको खोप उपलब्धताको अवस्थाका बारेमा जानकारी लिएको थियो ।

प्रतिक्रिया दिनुहोस