काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तहका लागि १३ हजारभन्दा बढी शिक्षक माग गर्दै विज्ञापन खुलाएको छ। आज आयोगले १३ हजार ९३ जना शिक्षक माग गर्दै विज्ञापन खुला गरेको हो।
आयोगले जिल्ला र प्रदेशअनुसार आवश्यक शिक्षकको संख्या नै उल्लेख गरेर आवेदन माग गरेको छ। माघ १३ गतेसम्म आवेदन फारम भर्न सकिन्छ भने चैत १९ गतेदेखि लिखित परीक्षा हुनेछ। आयोगले प्रावि तृतीय श्रेणीका लागि शिक्षक माग गरेको हो।
खुला तथा समावेशी प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले शिक्षक आवेदन गरिएको आयोगले जनाएको छ। आयोगकै अनलाइनबाट आवेदन फारम भर्न सकिन्छ। १८ वर्ष पूरा भई ४० वर्ष ननाघेकाले आवेदन फारम भर्न पाउँछन्। यसअघि आयोगले निमावि शिक्षक पनि माग गर्दै आवेदन खुला गरेको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ पुस २०७८, २० : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आन्दोलनका लागि देशभरिका शिक्षकहरू काठमाडौं आइपुगे
देशभरका शिक्षक काठमाडौँका सडकमा उत्रिँदै
नक्कली प्रमाणपत्र लिएको आरोपमा शिक्षकविरुद्ध मुद्दा दायर
माओवादी केन्द्रको पार्टी कार्यालयमा शिक्षकको धर्ना
शिक्षक महासङ्घले आज कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना दिने
शिक्षा ऐन जारी नगरेको भन्दै फेरि आन्दोलनमा उत्रिए देशभरका शिक्षकहरु