क्लाउड कम्पुटिङ्गमा लर्ड बुद्ध तथा जेनिशको सहकार्य

सफल खबर संवाददाता

शुक्रबार, ०९ पुस २०७८, ११ : ४५
क्लाउड कम्पुटिङ्गमा लर्ड बुद्ध तथा जेनिशको सहकार्य

काठमाडौँ । क्लाउड कम्पुटिङ्गको प्रयाेग अहिले व्यवसायिक प्रतिष्ठानहरुमा बढ्दो मात्रामा रहेको छ । सन २०२१ सम्ममा विश्वव्यापी रुपमा यसको व्यापार ३०० बिलीयन डलरको हुने अनुमान गरिएको छ ।

उधोग व्यवसायमा बढ्दो सुचना प्रविधीको प्रयोगले क्लाउड कम्पुटिङ्गमा दक्ष जनशक्तिको ठुलो माग रहेको छ । यस क्षेत्रमा विश्वव्यापीरुपमा रोजगारीका नयाँ अवसरहरु सृजना भएका छन् । व्यवसायीहरुले सफ्टवेयर, इन्फ्रास्ट्रकचर र प्लेटफर्मलाई सेवाको रुपमा ग्रहण गर्दै जादाँ अग्रणी क्लाउड सेवा प्रदायकहरु बढी प्रतिस्पर्धी हुदै गइरहेका छन् । पछिल्ला ३ वर्षमा यस क्षेत्रमा २२३% ले रोजगार वृद्धी भएको देखिन्छ । 

यस्तो अपार रोजगारीको संभावना रहेको क्षेत्र ( क्लाउड कम्पुटिङ्ग ) मा दक्ष जनशक्ति उत्पादन गर्नकोलागी लर्ड बुद्ध एजुकेसन फाउण्डेसन (LBEF)  क्याम्पसले बेलायतको जेनेस क्लाउड एकेडेमी सगं सहकार्य गर्ने भएको छ । यस साझेदारी कार्यक्रम अन्तरगत विद्यार्थीले बीएससी आईटी (आनर्स) को साथ साथै जेनेस क्लाउड एकेडेमीको सहकार्यमा  क्लाउड कम्पुटिङ्ग सैद्धान्तिक तथा व्यहारिक ज्ञान प्राप्त गर्ने छन् । 

सन् १९९८ मा स्थापित लर्ड बुद्ध एजुकेसन फाउण्डेसनले एसिया प्यासिफिक यूनीभर्सिटी (APU), मलेसियासँग शैक्षिक सहकार्य गरि नेपालमा सूचना प्रविधि र व्यवस्थापन संकायमा स्नातक स्तरको (B.Sc.IT) / (B.B.M.)  विषयमा अध्यापन गराउदैं आएको छ । संस्थाले नयाँ किसिमको रोजगारीमुखी कार्यक्रमहरुको अवधारणालाई विशेष महत्वका साथ अवलम्बन गरेको छ । कलेजका अध्यक्ष पंकज जालानले भने- “यस सहकार्यले उद्योग र औपचारिक शिक्षा बिचको दुरीलाई कमगर्ने विश्वाश लिएका छौं । साथै यस कार्यकोलागी जेनेस क्लाउड एकेडेमी जस्तो सहयात्री पाउदाँ अत्यन्तै हर्षित छौं ।”

जेनेस क्लाउड एकेडेमी जेनेश सोलुशनको पहलमा क्लाउड कम्पुटिङ्गमा विद्यार्थीहरुलाई तालीम र दक्षता प्रदान गर्ने शिक्षा क्षेत्रको कार्यक्रम हो । जेनेस क्लाउड एकेडेमीले सुचना प्रविधी र प्रबंधनका विद्यार्थीहरुलाई विभिन्न किसीमका उपकरण तथा श्रोतहरु प्रदान गर्ने लक्ष्य राख्दछ जुन उनीहरुले क्लाउड कम्पुटिङ्गको क्षेत्रमा सैद्धान्तिक ज्ञान बढाउनुकोे साथै उनीहरुले वास्तविक जीवनमा सिकेका कुराहरु पनि कार्यान्वन गर्न सक्ने छन । यस कार्यक्रमको उद्देश्य विद्यार्थीहरुको कार्यसजगता निर्माण गर्ने हो, जसले उनीहरु क्लाउड कम्पुटिङ्ग क्षेत्रमा सजिलै  प्रवेश गर्न सक्षम हुनेछन् । 

जेनेस क्लाउड एकेडेमीका प्रमुख कार्यकारी अधिकृत अंजनी फ्युयालले यस्तो सहकार्यको आवश्यकता माथी जोड दिदै यस कार्यक्रममा भर्ना हुने विद्यार्थीहरुले जी सी ए र जी सी ए का सहयात्री संस्थाहरमा इन्टर्नसीप गर्न पाउने छन भनि बताएका छन् । सो कार्यक्रममा एलबीईएफका कार्यकारी निर्देशक प्रकाश कुमार केजरीवालले पनि संबोधन गरेका थिए ।

कलेजले यस बीएससी आईटी (आनर्स) कार्यक्रममा विपन्न तथा जेहेन्दार विद्यार्थीहरुकोलागी एक जना छात्रा सहित ३ जना विद्यार्थीहरुको लागी पूर्ण छात्रवृती उपलब्ध हुने जानकारी गराएको छ  । सोको छनौट जेनेस क्लाउड एकेडेमीको अगुवाईमा गठित छात्रवृती छनौट समितीले गर्नेछ । 

प्रतिक्रिया दिनुहोस