काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बिहान ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्दैछ। पार्टी अध्यक्ष प्रचण्डले तयार गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न स्थायी समितिको बैठक बोलाइएको हो।
माओवादी केन्द्रको पहिलो राष्ट्रिय सम्मेलनमा पुस ११ गतेदेखि काठमाडौँमा सुरु हुँदैछ । सोही राष्ट्रिय सम्मेलनमा पेस गरिने राजनीतिक दस्तावेज, राष्ट्रिय सम्मेलनका अन्य विषयबारे बैठकमा छलफल हुने पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका छन्।
उनका अनुसार बैठकमा प्रचण्डले तयार गरेको राजनीतिक प्रतिवेदनमाथि स्थायी कमिटीका सदस्यहरुले सुझाव दिनेछन्। उक्त सुझावलाई समेटेर अध्यक्षले प्रतिवेदनलाई पूर्णता दिने बुझिएको छ।
माओवादी केन्द्रले यसपटक राष्ट्रिय सम्मेलनमा विचारको बहस गर्ने तयारी गरेको छ। यसको लागि राष्ट्रिय सम्मेलनका प्रतिनिधिहरुलाई २५ वटा समूह बनाउने गरी गृहकार्य गरिरहेको छ।
प्रथम राष्ट्रिय सम्मेलनमा प्रस्ताव हुने राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र विधान प्रतिवेदनका बारेमा छलफल गर्नका लागि २५ वटा समूह बनाएर दुई दिनसम्म छलफल चलाउने गरी गृहकार्य गरिरहेको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ पुस २०७८, ०७ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्रद्वारा केन्द्रीय राहतकोष स्थापना
बेपत्ताको खोजी, विस्थापितहरुको पुन: स्थापना गर्न सरकारलाई प्रचण्डको ध्यानाकर्षण
जनसेवामा जुट्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन
माओवादीले सुदूरपश्चिममा ‘तीनमहिने सङ्गठन विस्तार’ कार्यक्रम गर्ने
एकीकृत समाजवादीका नेता कन्दङ्वासहितका कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश
माओवादी केन्द्रद्वारा उपचार सहायता दिनुपर्ने माग: कोशी प्रदेश