माओवादीले बोलायो स्थायी कमिटी बैठक

सफल खबर संवाददाता

विहीबार, ०८ पुस २०७८, १६ : ४१
माओवादीले बोलायो स्थायी कमिटी बैठक

काठमाडौं । राष्ट्रिय सम्मेलनको तयारीमा रहेको नेकपा माओवादी केन्द्रले सम्मेलनमा पेश गर्ने दस्तावेजमाथि छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको छ ।

पुस ११ गतेबाट सुरु हुने सम्मेलनमा अध्यक्ष प्रचण्डले पार्टीलाई क्रान्तिकारी रुपान्तरण गर्ने दस्तावेज पेश गर्ने बताउँदै आएका छन् । त्यसका लागि उनले झण्डै १५ दिन लगाएर दस्तावेज लेखनको काम बिहीबार सकेका हुन् । सोही दस्तावेज स्थायी कमिटीमा छलफल गरेर अन्तिम रुप दिन माओवादीले बैठक बोलाएको बुझिएको छ । 

माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले सम्मेलनका विविध पक्षबारे छलफल गर्न शुक्रबार बिहान साढे ८ बजे स्थायी कमिटी बैठक बोलाएको जानकारी दिए । ‘सम्मेलनका विविध पक्षबारे छलफल हुन्छ, त्यसमा डकुमेन्ट पनि पर्नसक्छ’, ढकालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस