१२ अंकले बढ्यो नेप्से, कारोबार रकम ४ अर्ब ४९ करोड

सफल खबर संवाददाता

विहीबार, ०८ पुस २०७८, १६ : ०९
१२ अंकले बढ्यो नेप्से, कारोबार रकम ४ अर्ब ४९ करोड

काठमाडौं । पछिल्लो ३ दिनदेखि सेयर बजारमा निरन्तर वृद्धि भइरहेको छ । आज सेयर बजार १२.५३ अंकले बढेको हो । ०.५० प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २५२०.२३ अंकमा पुगेको छ ।

साताको अन्तिम दिन आज २ सय २९ कम्पनीको सेयर कारोबार भएको छ । ४ अर्ब ४९ करोड २ लाख ६६ हजार ४ सय १० रुपैयाँ बराबरको ८३ लाख २३ हजार ९ सय २३ कित्ता सेयर कारोबार भएको हो ।

हिमालयन डिस्टिलरी लिमिटेडको उच्च कारोबार भएको छ । सो कम्पनीको ३६ करोड २४ लाख ८४ हजार ८ सय ३६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस