काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारको परिसूचक नेप्से १८.१४ अंक घटेको छ । विगतका ६ कारोबार दिन लगातार बजार बढेको थियो । आजको गिरावटपछि नेप्से २६३५ मा कायम भएको छ । बजारको परिसूचक घट्दा कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ६ अर्ब ४० करोडको कारोबार भएकोमा आज ७ अर्ब ३० करोडको भयो ।
घटेको मौकामा कतिपय लगानीकर्ताले खरिदको अवसर ठाने । कतिपयले थप घट्ने संकेतका रुपमा बुझे । जसले गर्दा कारोबार रकम उल्लेख्य हुन पुग्यो । जम्मा ५५ कम्पनीको मूल्य बढ्दा १८० को घट्यो भने ७ को स्थिर रह्यो । होटल तथा पर्यटन समूह ०.९९ प्रतिशत बढ्दा अरु सबै सेक्टर घटे । फाइनान्स २.९३ प्रतिशत घट्यो ।
बैंकिङ ०.४३, विकास बैंक २.०४, हाइड्रोपावर ०.३८, लगानी ०.३७, जीवन बीमा १.१४, उत्पादन ०.८६, माइक्रोफाइनान्स १.२५, निर्जीवन बीमा ०.३४, अन्य ०.४४ र व्यापार ०.७४ प्रतिशत घटे ।
दुई हाइड्रोपावर कम्पनी बाराही र हिमालयन पावर पार्टनरको मूल्य १० प्रतिशत बढ्यो । रिभरफल्स पावरको ८.१९, न्यादीको ८.११ प्रतिशत मूल्य बढ्यो । सप्तकोशी विकास बैंकको ९.२३, मायाखोला हाइड्रोपावरको ८.४, सामुदायिक लघुवित्तको ७.४, जानाकी फाइनान्सको ६.०५ तथा पोखरा फाइनान्सको ५.६ प्रतिशत मूल्य घट्यो ।
कारोबार रकमका आधारमा सुपरमादी हाइड्रोपावर, सप्तकोशी विकास बैंक, सिन्धु विकास बैंक, हिमालयन पावर पार्टनर र एनआरएन इन्फ्रास्ट्रक्चर क्रमशः अगाडि रहे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ पुस २०८१, १५ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक ६.५३ अंकले बढ्यो
नेप्से परिसूचकमा ६ अङ्कको वृद्धि
२६४० अंकमा पुग्यो सेयर बजार
साताको कारोबारको पहिलो दिन नेप्से ५.३२ अंकले बढ्यो
शेयर बजारमा सामान्य वृद्धि, बढ्यो कारोबार
सेयर बजार बढ्यो