काठमाडौं । शिक्षक सेवा आयोगले निमावि तहमा २ हजार ५९८ शिक्षक स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।
माध्यमिक तहमा शिक्षक भर्नाका लागि विज्ञापन आह्वान भएको एक साता नबित्दै शिक्षक सेवा आयोगले बुधबार निमावि तह (निमावि तृतीय श्रेणी) मा पनि शिक्षक भर्नाका लागि दरखास्त आह्वान गरेको हो ।
जारी सार्वजनिक सूचना अनुसार सबैभन्दा बढी अंग्रेजी विषयमा ६२४ जना शिक्षकका लागि दरखास्त आह्ववान भएको छ । त्यस्तै, नेपाली विषयमा ४३७, गणितमा ३७१, विज्ञानमा ४४०, सामाजिक अध्ययनमा ३५३, शुक्लयर्वेदमा एक, गणित-विज्ञानमा ३६४, संस्कृत व्याकरणमा तीन, संस्कृत भाषामा चार र संस्कृत कर्मकाण्डमा एक शिक्षकका लागि कोटा छुट्याइएको छ ।
६ माघसम्म नियमित र १० माघसम्म बिलम्ब शुल्क बुझाएर दरखास्त दिन सकिनेछ । १८ वर्ष पूरा भई ४० वर्ष ननाघेकाले आवेदन दिन पाउनेछन् । परीक्षा १७ चैतमा हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ पुस २०७८, ०९ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आन्दोलनका लागि देशभरिका शिक्षकहरू काठमाडौं आइपुगे
देशभरका शिक्षक काठमाडौँका सडकमा उत्रिँदै
नक्कली प्रमाणपत्र लिएको आरोपमा शिक्षकविरुद्ध मुद्दा दायर
माओवादी केन्द्रको पार्टी कार्यालयमा शिक्षकको धर्ना
शिक्षक महासङ्घले आज कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना दिने
शिक्षा ऐन जारी नगरेको भन्दै फेरि आन्दोलनमा उत्रिए देशभरका शिक्षकहरु