काठमाडौं । राजनीतिमा लागेपछि जागिर चट हुने भयले सामुदायिक विद्यालयमा पढाउने शिक्षकले धमाधम राजीनामा दिन थालेका छन् । निर्वाचन आयोग र सर्वोच्च अदालतले शिक्षकलाई कुनै पनि राजनीतिक दलमा सक्रिय राजनीति गर्न पूर्ण बन्देज गरेको थियो ।
सोही आधारमा राजनीतिमा लागेका र आगामी स्थानीय र संघको निर्वाचनमा उम्मेदवार बन्ने मनसाय बोकेका शिक्षकले धमाधम राजीनामा दिन थालेका छन् ।
राष्ट्रिय शिक्षक किताबखाना (शिक्षक) का महानिर्देशक रामराज खकुरेलले मंसिरमा मात्रै ३ सय ६८ शिक्षकले पदावधि बाँकी छँदै राजीनामा दिएको जानकारी दिए ।
उनका अनुसार चालू आर्थिक वर्षमा अनिवार्य अवकाश लिनेको संख्या करिब २७ सय रहेकामा साउनदेखि मंसिरसम्मको पाँच महिनाको अवधिमा मात्रै २ हजार ६० जनाले निवृत्तिभरण पत्र बुझिसकेका छन् । नेपाल समाचारपत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ०७ पुस २०७८, ०७ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आन्दोलनका लागि देशभरिका शिक्षकहरू काठमाडौं आइपुगे
देशभरका शिक्षक काठमाडौँका सडकमा उत्रिँदै
नक्कली प्रमाणपत्र लिएको आरोपमा शिक्षकविरुद्ध मुद्दा दायर
माओवादी केन्द्रको पार्टी कार्यालयमा शिक्षकको धर्ना
शिक्षक महासङ्घले आज कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना दिने
शिक्षा ऐन जारी नगरेको भन्दै फेरि आन्दोलनमा उत्रिए देशभरका शिक्षकहरु