काठमाडौँ । नेपाली कांग्रेसको खुला ३५ सिटका लागि भएको निर्वाचनको मतगणना अन्तिम चरणमा आइपुग्दा ५० प्रतिशत नयाँ अनुहार आउने देखिएको छ ।
अघिल्लो साताको भएको निर्वाचनको मतगणना अन्तिम चरणमा आइपुग्दा ५० प्रतिशत नयाँ अनुहारले केन्द्रीय सदस्यमा प्रतिनिधित्व जनाउने देखिएको हो ।
मतपरिणाम सार्वजनिक भइसकेको ३५९५ को मतगणनाअनुसार ३५ जनाको लिस्टभित्र उदयशमशेर राणा, रामहरि खतिवडा, जितजंग बस्नेत, नैनसिंह महर, कुन्दनराज काफ्ले, गुरु बराल, सञ्जयकुमार गौतम, डा. गोविन्दराज पोखरेल, राजीव ढुंगाना, मदनबहादुर अमात्य, दिनेश कोइराला, अजयबाबु सिवाकोटी, मोहन आचार्य, गणेश लामा, उमेशजंग रायमाझी र कृष्णकिशोर घिमिरे अटाएका छन् ।
साथै टप ४० भित्र रहेर ३५ जनाको लिस्ट उक्लिने गरी मनोजमणि आचार्य, विरेन्द्रकुमार कनौडिया, केदार कार्की, मंगलप्रसाद थारू र यज्ञबहादुर थापाले पछ्याइरहेका छन् ।
उनीहरू पहिलो पटक केन्द्रीय सदस्य बन्न लागेका हुन् । यसअघिका महाधिवेशनमा सदस्यमा पराजित भएका केही नेताहरूले यसपटक केन्द्रीय सदस्यमा स्थान सुरक्षित गर्ने सम्भावना बढेको हो । मतगणनाको अन्तिम परिणाम केही बेरमा सार्वजनिक गर्ने तयारी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ पुस २०७८, २० : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फागुन मसान्तभित्र कार्ययोजना पेश गर्न विभागलाई कांग्रेसको निर्देशन
कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा श्रेष्ठ नियुक्त
काँग्रेसले तीन नेतालाई तोक्यो सात प्रदेशको जिम्मेवारी
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै
भ्रातृ संगठनको अधिवेशन गर्न कांग्रेसद्वारा परिमार्जित विधान पारित
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान