काठमाडौं। नेपाली कांग्रेसका विभागहरुले कार्ययोजना प्रस्तुत गर्नुपर्ने भएको छ। फागुन मसान्तभित्र कार्ययोजना पेश गर्न पार्टीले विभाग प्रमुखहरुलाई निर्देशन दिएको छ ।
सबै विभागलाई कार्ययोजना ल्याउन भनिएको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी गराए ।विभागले गरिरहेका काम, गर्नुपर्ने कार्य, समस्या लगायतमा प्रमुखहरुसँग छलफल निरन्तर रहेको महामन्त्री शर्माले जानकारी गराए ।गत बुधबार शर्माले १६ वटा विभागका प्रमुखहरुसँग छलफल गरेका थिए ।
विधानमा ४८ विभागको व्यवस्था गरिएको छ भने पार्टीमा भएको सहमति अनुसार संख्या बढाउने निर्णय भएको छ ।कांग्रेसका ५६ वटा विभाग बनेका छन् । अधिकांशको विभाग प्रमुख तोकिएको छ भने केहीले सदस्य पनि थपेका छन् ।
प्रत्येक विभागमा प्रमुख सहित बढीमा ५१ सदस्यीय बनाउन सकिने विधानको व्यवस्था छ ।विभागका सदस्य मनोनित गर्दा हाललाई १० जनाभन्दा बढी नराख्न पार्टीको निर्देशन छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ पुस २०८१, १४ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षकसँग भएको सम्झौताअनुसार शिक्षा विधेयक छिटो आउनुपर्छ : कांग्रेस
सरकारले पूर्वराजालाई शाही निसान प्रयोग नगर्न भन्नुपर्यो : रामहरि खतिवडा
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान
कांग्रेस पदाधिकारी बैठक बुढानीलकण्ठमा सुरु
रास्वपा सांसदको अभिव्यक्तिप्रति कांग्रेस नेताको आपत्ति, कानूनी उपचारमा जाने चेताव
आन्दोलनरत विद्यार्थीले हटाए नेविसंघले धनगढीमा राखेका झन्डा