प्रचण्डबारे झुटो कुरा गरेर जनतामा भ्रम नफैलाऊ : शिक्षामन्त्री पौडेल

सफल खबर संवाददाता

शुक्रबार, ०२ पुस २०७८, २० : ०२
प्रचण्डबारे झुटो कुरा गरेर जनतामा भ्रम नफैलाऊ : शिक्षामन्त्री पौडेल

रुपन्देही । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबारे झुटो कुरा गरेर जनतामा भ्रम नफैलाउन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । गणतन्त्र स्थापनाका लागि प्रचण्डको नेतृत्वमा राजतन्त्र विरोधमा आन्दोलन गरिएको उल्लेख गर्दै पौडेलले झुटो प्रचार नगर्न आग्रह गरेका हुन् ।

भैरहवामा शुक्रबार आयोजित कार्यक्रममा मन्त्री पौडेलले पूर्व राजा ज्ञानेन्द्रसंग प्रचण्डले पाँच बुँदे सहमति गरेको भन्दै ओलीले झुटो बोलेको आरोप लगाएका हुन् । मन्त्री पौडेलले एमालेको विचार, राजनीतिलाई सम्मान गर्ने भन्दै पार्टीप्रति पूर्वाग्रह नराखिने बताए । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्यसमेत रहनुभएका नेता पौडेलले निकट भविष्यमा माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउने दावी गरे ।