काठमाडौँ । नेकपा एमाले अछामको इन्चार्जमा झपटबहादुर बोहरा नियुक्त भएका छन् । १०औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित बोहरालाई २५-२६ मंसिरमा भक्तपुरमा बसेको केन्द्रीय समितिको दोस्रो बैठकले अछामको इन्चार्जको जिम्मा दिएको हो । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले बोहराको नाम अछामका लागि प्रस्ताव गरेका थिए । ओलीनिकट सांसद यज्ञ बोगटी सहइञ्चार्ज बनेका छन् । उनले रावलको चर्को आलोचना गर्दै आएका छन् ।
ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गरेका डा भीमबहादुर रावलको गृहजिल्लामा पूर्वमाओवादी नेता बोहराले जिम्मेवारी पाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । सुदूरपश्चिम सरकारमा तत्कालीन समयमा आर्थिक मामिला तथा योजनामन्त्री रहेका बोहरा नेकपा पार्टी विभाजनपछि लेखराज भट्टसँगै एमाले प्रवेश गरेका थिए । जसरी केन्द्रमा लेखराजले एमाले र ओलीका लागि मन्त्री तथा सांसद पद गुमाए, त्यसैगरी बोहराले प्रदेशमा मन्त्रीका साथै प्रदेश सांसद पनि गुमाउने गरी एमाले प्रवेश गरेका थिए ।
१०औं महाधिवेशनअघि सुदूरपश्चिम इन्चार्जमा भीम रावल कि लेखराज भट्ट भनेर विवाद जारी थियो । १०बुँदे गरेर एमालेमै रहेका रावलले आफूलाई इन्चार्ज दाबी गर्दै आएका थिए भने अध्यक्ष ओलीले लेखराजलाई जिम्मेवारी दिएका थिए । इन्चार्जलाई लिएर रावल र भट्टबीच विवाद नै भएको थियो ।
तर १०औं महाधिवेशनपछि भट्ट औपचारिक रुपमै इन्चार्ज तोकिएका छन् भने रावल पार्टीको कुनै जिम्मेवारीमा छैनन् । रावलको पछिल्लो भूमिकाप्रति ओलीका साथै भट्ट पनि असन्तुष्ट छन् । ओलीलाई चुनौती दिने रावललाई ुसाइजुमा ल्याउन लेखराजनिकट बोहरालाई रावलको गृहजिल्लामा इन्चार्ज बनाइएको एमालेवृत्तमा चर्चा छ । १०औं महाधिवेशनअघि अछाममा रावलनिकट शेरबहादुर कुँवर अध्यक्ष थिए । रावलनिकट संघीय सांसद झपटबहादुर रावललाई भने खानेपानी तथा सरसफाई विभागको प्रमुख बनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ पुस २०७८, १७ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीम रावलले टुंग्याए पार्टीको नाम
भीम रावलको अभियानलाई शुभकामनासहित झलनाथको दिए तीन बुँदे सुझाव
दोस्रो जनआन्दोलनमा गणतन्त्र ल्याउने एजेन्डा थिएन : भीम रावल
सुनसरीमा तय भएको कार्यक्रम रोकिएपछि बाटोबाटै फर्किए भीम रावल
भीम रावललाई स्वागत गर्न नेकपा एस र दुर्गा प्रसाईँका कार्यकर्ता विमानस्थलमा
३१ पानामा ओलीको आलोचना, एक पानामा आफ्नो योजना (पूर्णपाठ)