काठमाडौं । इटहरी उप-महनगरपालिका-४ का १९ वर्षीय अर्जुन राईले छुरा प्रहार गरी ५१ बर्षीय भिनाजु मुरारी गिरीकाे हत्या गरेका छन् । गिरी कै घरमा बस्दै आएका अर्जुनले मंगलबार बेलुका साढे ४ बजेतिर उनकाे छातीमा छुरा प्रहार गरेका थिए ।
घाइते गिरीलाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा राति ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । छुरा प्रहार गर्ने राईलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ मंसिर २०७८, १३ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
छुरा प्रहारबाट घाइते युवा संघका नेताको मृत्यु
अष्ट्रेलियामा ६ जनाको हत्या गर्नेको पहिचान
सर्लाहीमा कार्यालयभित्रै प्रहरीमाथि छुरा प्रहार