छुरा प्रहारबाट घाइते युवा संघका नेताको मृत्यु

सफल खबर संवाददाता

बुधबार, १९ असार २०८१, १३ : ३८
छुरा प्रहारबाट घाइते युवा संघका नेताको मृत्यु

बुटवल । राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीका पूर्व सदस्य बुटवल–७, निवासी ३६ वर्षीय युवा रवि थापाको चक्कु प्रहारबाट निधन भएको छ । छुरा प्रहारबाट घाइते भएका उनको उपचारका क्रममा असार १८ गते बिहान निधन भएको हो । उनीमाथि गत जेठ २ गते बुटवल कालिकानगरको एक रेष्टुरेन्टमा छुरा प्रहार भएको थियो । बुटवल उपमहानगरपालिका वडा नं.७ निवासी राष्ट्रिय युवा संघ नेपाल रुपन्देही जिल्ला कमिटीका पूर्व सदस्य रवि थापा मगरको जेठ २ गते बुधबार साँझ बुटवलकै कालिकानगरमा रहेको एक रेष्टुरेण्टमा कार्यरत रहेको अवस्थामा उनीमाथि छुरा प्रहार भएको र घाइते भइ उपचारका क्रममा निधन भएको युवा संघ रुपन्देहीका अध्यक्षा विकासजंग बस्नेतले जानकारी दिए ।

एउटा जुझारु र उर्जाशिल युवाको अल्पायुमा भएको निधनले हामीलाई अत्यन्तै पीडाबोध गराएको र घटनामा संलग्नलाई कानुनी कारबाहीका लागि प्रहरीसमक्ष ध्यानाकर्षण गराइएको युवा संघका जिल्ला अध्यक्ष बस्नेतले बताए । गत जेठ २ गते भएको घटनामा संलग्न व्यक्तिको हालसम्म पनि खोजी कार्य नहुनु अत्यन्तै दुखद विषय रहेको बताउँदै उनले घटनामा संलग्न दोषीलाई कानुनी कारबाहीकाा लागि आग्रह गर्दै इलाका प्रहरी कार्यालय बुटवलमा ध्यानाकर्षण गराइएको अध्यक्ष बस्नेतले जानकारी दिए । रेष्टुरेण्टमा रहेको सिसिटिभी क्यामेरामा घटनाको विवरण कैद भई अपराधीको पहिचान समेत खुलिसकेको अवस्थामा पनि हालसम्म उनीहरु पक्राउ नगरिएको युवा संघको गुनासो छ ।

प्रहरी कार्यालयमै पुगेर ध्यानाकर्षण गराइएको अध्यक्ष बस्नेताको भनाइ छ। प्रहरीलाई बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख छ। ईलाका प्रहरी कार्यलयका बुटवलका डिएसपी विजयराज पण्डितले घटनाका बारेमा अनुसन्धान भइरहेको बताए।उनले घटनाक्रम सुम्म रुपमा अनुसन्धान भए पनि अझैसम्म नियन्त्रणमा कसैलाई नलिएको बताए ।

प्रतिक्रिया दिनुहोस