३ वटा नगरपालिकामा अख्तियारको छापा

सफल खबर संवाददाता

मंगलबार, २८ मंसिर २०७८, १९ : १२
३ वटा नगरपालिकामा अख्तियारको छापा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरको चाँगुनारायण सहित ३ वटा नगरपालिकामा छापा मारेको छ । चाँगुनारायण नगरपालिका, सुनसरीको भोक्राहा नगरपालिका र कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको कार्यालयबाट कागजात नियन्त्रणमा लिइएको हो । 

पाँच लाखभन्दा बढी रकमको खरिद र भुक्तानीमा अनियमितता भएको उजुरी परेपछि अख्तियारले स्थलगत छानबिनका लागी टोली परिचालन गरेको थियो । मंगलबार आयोगको टोलीले गरेको स्थलगत छानबिनको आधारमा सो उजुरी उपर थप अनुसन्धान गरिने सहसचिव रिसालले बताए । 

प्रतिक्रिया दिनुहोस