काठमाडौँ । घुससहित पक्राउ परेका एक नायव सुब्बाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा मुद्दा दायर गरेको छ ।अख्तियारले जिल्ला प्रशासन कार्यालय महोत्तरीका नायव सुब्बा अशोक कुमार यादवविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
सवारी ज्यान कसुर मुद्दामा मृतकको नजिकको हकदारले पाउनुपर्ने क्रिया खर्च तथा क्षतिपूर्ति बापतको रकम उपलब्ध गराउन सहजीकरण गरिदिने भनी घुस मागेको अभियोगमा अख्तियारको टोलीले उनलाई २० हजार रुपैयाँसहित रंगेहात पक्राउ गरेको थियो ।
उनले सेवाग्राहीबाट २० हजार घुस लिएको पुष्टि भएकाले कानुन बमोजिम कैद सजाय गरी बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ पुस २०८१, १५ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पुल निर्माणमा भ्रष्टाचार, ८ जनाविरुद्ध मुद्दा दायर
जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीका प्रमुख स्टोर सहायकविरुद्ध भ्रष्टाचार मुद्दा दायर
मालपोत कार्यालय महोत्तरीका खरिदार र लेखापढी व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्दा
पशु शाखा प्रमुखसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
जनकपुर टुडेका प्रधान सम्पादक यादवसहित ३ जनाविरुद्ध भ्रष्टाचारकाे मुद्दा दायर
नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा कोशी अस्पतालका रेडियोग्राफरविरुद्ध भ्रष्टाचार मुद्दा