देउवालाई शेखरको जवाफ : तपाइँलाई सभापतिमा हराउने हो, प्रधानमन्त्रीबाट होइन

सफल खबर संवाददाता

आइतबार, २६ मंसिर २०७८, १८ : ३७
देउवालाई शेखरको जवाफ : तपाइँलाई सभापतिमा हराउने हो, प्रधानमन्त्रीबाट होइन

काठमाडौं । नेपाली कांग्रेस सभापतिका प्रत्यासी डा शेखर कोइरालाले आफ्नो उम्मेदवारी शेरबहादुर देउवालाई प्रधानमन्त्रीबाट हटाउनलाई नभएको बताएका छन् ।

महाधिवेशनअन्तर्गत मतदानको पूर्वसन्ध्यामा जनसम्पर्क समितिहरूको भेलालाई सम्बोधन गर्दै कोइरालाले गठबन्धनको सरकारलाई सघाउने बताए । ‘शेरबहादुरजी तपाईंको सरकार ढल्दैन चिन्ता नगर्नुस्’, कोइरालाले भने, ‘सभापतिमा हराउने हो तर प्रधानमन्त्रीबाट हटाउने होइन ।’

आज काठमाडौंमा एक कार्यक्रममा सभापतिका प्रमुख प्रत्यासी एवं प्रधानमन्त्री देउवाले कांग्रेसमा प्रधानमन्त्री र पार्टी सभापति फरक(फरक हुनु नहुने तर्क पेस गरेका छन् । उनले गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईको दृष्टान्तसमेत दिएर पार्टीको चुनाव पनि नजित्नेले देश कसरी चलाउँछन भनेर प्रश्न गर्छन् भन्दै आफूलाई जिताउन भनेका थिए ।

प्रतिक्रिया दिनुहोस