एजेन्सी । बेलायतमा एकैदिनमा करिब ६० हजार जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा ५८ हजार १९४ संक्रमित फेला परेका छन् ।
बेलायतमा हालसम्म कोरोना संक्रमितको संख्या एक करोड ७ लाख १९ हजार १६५ पुगेको छ ।पछिल्लो २४ घन्टामा मात्र थप ४४८ जनामा ओमिक्रोन पुष्टि भएको छ । योसँगै बेलायतमा ओमिक्रोन संक्रमितको संख्या एक हजार २६५ पुगेको छ ।
यसैगरी कोरोनाका कारण गत २४ घन्टामा १२० जनाको ज्यान गएको स्वास्थ्य विभागले जनाएको छ । हालसम्म बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख ४६ हजार २५५ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २५ मंसिर २०७८, ०८ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विमानलाई पहाडको नजिकै लगेपछि पाइलट निलम्बित
बेलायती राजकुमारले गराए ब्रिटिश सेनामा भर्ती भएका नेपालीलाई शपथ
बेलायतमा रहेका कोइरालासँग तत्कालीन अनमिन प्रमुख मार्टीनको भेट
बेलायत जाँदै शेखर कोइराला
बेलायतमा आप्रावासीको संख्या गत बर्ष मात्रै ९ लाख थपिए
बेलायतको राष्ट्रिय कर्जा आगामी ५० वर्षमा तेब्बर हुने