एजेन्सी । बुधबार हेलिकप्टर दुर्घटनामा परेर निधन भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) तथा पूर्वसेनाप्रमुख जनरल विपिन रावतको शुक्रबार अन्तेष्टि गरिने भएको छ । भारतीय वायुसेनाले ट्वीट गरेर सो जानाकारी दिएको हो । उनको शव आज विहीबार दिल्ली ल्याइदैछ ।
रावत चढेको भारतीय वायु सेनाको एमआई–१७भी५ हेलिकप्टर तमिलनाडुको कुन्नूरमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा उनकी पत्नीसहित १३ जनाको मृत्यु भएको थियो । हेलिकोप्टरमा १४ जना सवार थिए । दुर्घटनामा जलेर गम्भीर एक घाइतेको अस्पतालमा उपचार भइरहेको छ ।
दर्घटनाको कारण पत्ता लगाउन जाँचबुझ आदेश दिइएको सेनाले जनाएको छ । भारतीय सेनाका पूर्वप्रमुख रावत सन् २०२० को जनबरीमा भारतको पहिलो चिफ अफ डिफेन्स स्टाफ रहेका थिए। रक्षामन्त्री राजनाथ सिंहले दुर्घटनाबारे बिहीबार संसद्मा सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ मंसिर २०७८, ०८ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतको पूणेमा हेलिकप्टर दुघर्टना, ३ को मृत्यु
केदारनाथमा हेलिकप्टर दुर्घटना
एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा परेका चिनियाँ नागरिकको अझै खुलेन पहिचान
हेलिकप्टर दुर्घटना : क्याप्टेन मल्लको शव परिवारलाई बुझाइयो, चिनियाँ नागरिकको पहिचान हुँदै
एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनाका मृतकको शव परीक्षण थालियो
हेलिकप्टर दुर्घटनाः पोस्टमार्टम गरेर शव आफन्तलाई बुझाइने तयारी