संखुवासभा । संखुवासभामा १३ वर्षीय बालिका बलात्कार मुद्दामा अदालतले युवकलाई दोषी ठहर गर्दै १८ वर्ष कैद सजाय फैसला गरेको छ ।
१३ वर्षीया बालिकालाई बलात्कार मुद्दामा खाँदबारी नगरपालिका(९ का १९ वर्षीय समीर बर्देवालाई १८ वर्ष कैद सजायको फैसला जिल्ला अदालत संखुवासभाले गरेको हो ।
न्यायाधीश शान्तिप्रसाद आचार्यको २० मंसिरको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै कसुरदारबाट ६ लाख जरिवानासँगै ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउन र पीडिले राहत कोषमा २२ सय रुपैयाँ जम्मा गर्ने आदेश दिएको अदालतका सूचना अधिकारी डिल्ली प्रसाईले बताए ।
पीडित बालिकालाई आरोपितले गत वैशाखमा बलात्कार गरेको मुद्दा परेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ मंसिर २०७८, १० : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ उपत्यकामा ४ महिनामा १२४ वटा बलात्कारका घटना
नाबालिग बलात्कारको आरोपमा सशस्त्र प्रहरी हवलदार पक्राउ
२० वर्षीया युवतीमाथि बलात्कार र लुटपाट
भारतको पश्चिम बङ्गाल राज्यमा बलात्कारीलाई मृत्युदण्ड दिनसक्ने कानून पारित
१५ वर्षीय बालिकालाई बलात्कार गर्ने एक पुरुष पक्राउ
झापामा १६ वर्षीया बालिकामाथि सामुहिक बलात्कारः ६ आरोपी पक्राउ, १ जना फरार