महोत्तरी । नेकपा माओवादी केन्द्र महोत्तरीको वडा तथा नगर सम्मेलनमा आकाङ्क्षीहरू धेरै भएपछि विवाद चर्किएकाे छ । उम्मेदवारहरूकाे आ आफ्ना दाबी र अडानका कारण सम्मेलन नै अन्नयाेलमा परेकाे छ छ ।
नेकपा माओवादी केन्द्र महोत्तरीका अनुसार एक सय ३७ वडामध्ये एक ३० वडामा सम्मेलन सकिएकाे छ भने बाँकी सात वडामा विवाद कायम नै छ । केही पालिकाहरूमा विवाद कै कारण सम्मेलनको बन्दसत्र स्थगित भएका छन् ।
जिल्लाका १५ पालिकामध्ये अहिलेसम्म नाै पालिकामा सफलतापुर्वक सम्मेलन समपन्न भएको माओवादी केन्द्रले दाबी गरे पनि आन्तरिक कलह उत्कर्षमा छ । बर्दिबास नगरपालिकामा १७ मंसिरमा हुने भनिएको अधिवेशन आकाङ्क्षीहरूको विवादका कारण स्थगित भएकाे छ ।
महोत्तरीमा विवाद कै कारण माओवादीका शीर्ष नेताहरू पालिकाका उद्घाटन र बन्दसत्रमा सहभागी बनेका छन् । पुर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल र पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ अहिले महोत्तरीमै छन् ।
रागोपालपुर नगरपालिका र भंगाहा नगरपालिकामा असहमतिका बीचमा पदाधिकारी मनोनित गरेको स्थानीय नेताको आरोप छ । सम्मेलनमा माओवादी केन्द्र महोत्तरीमा इन्चार्ज राजु खड्का र संसद गिरिराजमणि पक्ष गरी दुई वटा प्यानल बनेकाे छ ।
दुवै नेता आ-आफ्नै उम्मेदवार चयन गर्बन लागिपरेका छन् । खड्का र पोखरेलबीच देखिएको अडानले सर्वसम्मत हुन भने निक्कै अप्ठ्यारो बनिरहेको एक नेताले बताए ।
यता, कतिपय वडाका सम्मेलन अझै निश्चित हुन सकेकाे छैन् । पुसमा हुने भनिएको माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा वडा सम्मेलन अन्यौलमा पर्दा प्रतिनिधि छनोटमा समेत अफ्ठ्यारो स्थिति सिर्जना भइरहेकाे छ ।
माओवादी केन्द्रको नगरपालिकाका लागि ६५ सदस्य र गाउँपालिकाका लागि ५५ सदस्य चयन गर्नुपर्ने प्रावधान छ । तर, सम्मेलन भैइसकेका कतिपय पालिकामा विवाद कै कारण कतिपय पदहरू रिक्त छन् ।
गौशाला नगरपालिकामा अझै दुई पद खाली राखेर सम्मेलन सम्पन्न गरेको माओवादी केन्द्र महोत्तरीका इन्चार्ज राजु खड्काले जानकारी दिए । बर्दिबास नगरपालिकाको स्थगित बन्दसत्र २२ मंसिरलाई निर्धारण गरिएको छ । सकेसम्म सर्वसम्मत गर्ने नत्र निर्वाचन प्रक्रियामा गएर भए पनि २२ मंसिरमा बर्दिबासको अधिवेशन समपन्न गर्ने माओवादी केन्द्रको तयारी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २० मंसिर २०७८, १३ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी पदाधिकारी बैठक माघ २ गते सर्यो
शान्ति प्रक्रिया राजनीतिक कारणले अड्कियो, सडकमा जाने तयारी गरौँ : प्रचण्ड
सरकारले संसद छलेर अध्यादेशमार्फत शासन गर्न खोजेको माओवादीको निष्कर्ष (प्रस्तावसहित)
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने
माओवादीले ६ महिनाभित्र पार्टी सदस्यता ५ प्रतिशत बढाउने
माओवादीमा भिन्न मत वा आलोचनाको स्वतन्त्रतालाई कुण्ठित गरिने छैन : प्रचण्ड