हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा दुई दिनदेखि हवाई सेवा अवरुद्ध भएको छ । जिल्ला सदरमुकाम सिमकोटदेखि अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई सेवा बिहीबारदेखि अवरुद्ध भएको सिमकोट विमानस्थलले जानकारी दिएको छ ।
जिल्लामा बिहीबार बिहानदेखि हिमपात र वर्षा भएसँगै हवाई यातायात बन्द हुन पुगेको छ ।खराब मौसमका कारण हवाई सेवा अवरुद्ध भएपछि सिमकोटमा दैनिक उपाभोग्य वस्तु भित्रिएको छैन् । दुई दिन लगातार सिमकोटमा पानी परिरहेका कारण हवाई सेवा अवरुद्ध हुनुका साथै खाद्यान्नदेखि दैनिक उपभोग्य सामग्री ढुवान हुन नसकेको हो । यस्तै जिल्ला बाहिर जाने यात्रु सिमकोटमै रोकिएका छन् भने जिल्ला बाहिर नेपालगञ्जबाट हुम्ला पुग्ने यात्रु उतै रोकिएका हुन् ।
सदरमुकाम सिमकोटमा रहेका सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीलाई काम गर्न समस्या बनाएको छ । सदरमुकाम सिमकोटसहित आसपासका क्षेत्रमा बिहीबारदेखि निरन्तर पानी परिरहेको छ भने उत्तरी हुम्लामा हिमपात भइरहेको छ ।
मौसममा फेरबदल आउँदा सिमकोटमा चिसो बढेको हो । चिसोका कारण कमै मात्र सेवाग्राही सेवा लिन आएको सनलाइफ इन्सोरेन्सका कर्मचारी धनबहादुर भण्डारीले बताए । हिमपात र वर्षाका कारण यस वर्ष हुम्लामा चिसो अत्यधिक बढेको छ । उत्तरी हुम्लामा हिमपातले विकास निर्माणका कार्यसमेत प्रभावित भएका छन् । हिमपातले यहाँको जनजीवन कष्टकर बनेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ मंसिर २०७८, १७ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हुम्लामा बाक्लो हिमपात
मनाङमा पहिलो हिमपात
सङ्खुवासभाको मकालु क्षेत्रमा हिमपात, जनजीवन प्रभावित
पाथीभरासहित ताप्लेजुङको उच्च क्षेत्रमा हिमपात
भारी हिमपातपछि अमेरिकाको ६ राज्यमा आपतकाल घोषणा
हुम्लामा तेस्रो पटक हिमपात, जनजीवन प्रभावित