एजेन्सी । भारी हिमपातपछि हिमआँधीको पूर्व चेतावनी दिँदै अमेरिकाको छ राज्यमा आपतकाल घोषणा गरिएको छ ।
केन्टुकी, भर्जिनिया, कन्सास, अर्कांसस र मिसौरीलगायतका राज्यमा आपतकाल घोषणा गरिएको बीबीसीले जनाएको छ ।
देशभर ६० मिलियन बढी नागरिकलाई शीतकालीन अलर्ट जारी गरिएको छ । प्रतिघण्टा ५० माइलको गतिमा आउने भनिएको हिउँ र चिसो हावा मिश्रित आँधी निकै शक्तिशाली अनुमान गरिएको छ । जसले सोमबार मध्य र पूर्वी अमेरिका प्रभावित हुने बताइएको छ ।
पूर्वी क्षेत्रको ओहियो नदी घाँटी हुँदै फैलिएको आँधी सोमबार मध्य एटलान्टिकसम्म पुग्ने अनुमान गरिएको छ । एनओएएको मौसम पूर्वानुमान केन्द्रका अनुसार यो एक दशकपछिकै सबैभन्दा भारी हिमपात हो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २२ पुस २०८१, ०६ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चैतमा भएको हिमपात र वर्षाले किसानलाई राहत
मनाङको माथिल्लो भेगमा हिमपात भएपछि किसान खुसी
हिमपातले विद्यार्थी बिरामी, पठनपाठन प्रभावित
जुम्लामा वर्षा र हिमपात, किसानलाई राहत (तस्वीरहरू)
ढोरपाटन क्षेत्रमा बाक्लो हिमपात
हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध