जसपाको कार्यकारिणी समिति बैठक आज बस्दै, भावी रणनीतिबारे छलफल

सफल खबर संवाददाता

आइतबार, ०५ मंसिर २०७८, १० : २८
जसपाको कार्यकारिणी समिति बैठक आज बस्दै, भावी रणनीतिबारे छलफल

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समिति बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा सरकारमा पार्टीको भूमिका, समसामयिक विषय र भावी रणनीतिबारे छलफल हुने कार्यालय प्रमुख प्रकाश अधिकारीले जानकारी दिए ।

उनकाअनुसार पर्साबाट निर्वाचित सांसद प्रदीप यादवको स्पष्टीकरणको टुंगो पनि आजको बैठकले लगाउनेछ । यादवलाई मन्त्री नबनाएको भन्दै पर्सामा प्रदर्शन भएको थियो । उपेन्द्र यादव र जसपाको झण्डा नै जलाइएको थियो ।

यो सबै यादवले नै गराएको भन्दै पार्टीले उनलाई सात बुँदे स्पष्टीकरण सोधेको थियो । यादवले त्यसलाई अस्वीकार गर्दै जवाफ पठाइसकेका छन् ।
 

प्रतिक्रिया दिनुहोस