निरोज दवाडी
काठमाडौं । दुग्ध विकास बोर्डले प्रशोधित दुधमा प्रतिलिटर ८ देखि १० रुपैयाँसम्म बृद्धि गर्ने गृहकार्य गरेको छ । दुग्ध विकास बोर्डमा सोमबार बसेको सर्वपक्षीय छलफलमा प्रति लिटर ८ देखि १० रुपैयाँ वृद्धि गर्नुपर्ने सुझाव प्रतिनिधीहरुले दिएका छन् ।
बोर्डको अध्यक्ष डा राजेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकमा केन्द्रीय दुग्ध उत्पादक सहकारी संघ, नेपाल डेरी एशोसिएसन, नेपाल डेरी उद्योग संघ, दुग्ध विकास संस्थान डीडीसी र कृषि मन्त्रालयको प्रतिनिधी सहभागी थिए ।
सरकारी नियमअनुसार दूधको मूल्य बृद्धि हुँदा बृद्धि हुने रकमबाट ६९ प्रतिशत किसानलाई र बाँकी ३१ प्रतिशत उद्योगलाई जाने व्यवस्था छ । नेपालमा वार्षिक २४ लाख मेट्रिक टन दूधको उत्पादन हुन्छ । यसमध्ये औपचारिक क्षेत्रमा १५ देखि १७ प्रतिशत मात्रै दूध आउँछ । बाँकी स्थानीय तहमै खपत हुने गर्छ । पहुँच मार्ग र ढुवानी साधनको अभावका कारण उत्पादित दूध बजारमा आउन सकेको छैन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० कार्तिक २०७८, १४ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दूध बेचेर मासिक रु ६ लाखसम्म आम्दानी
मधेशमा माछा र दूधको उत्पादन बढ्यो
अनुदान नपाएपछि किसानले दूध बेच्न किने ‘ट्रक’
दूध बेचेरै महिनामा डेढ लाख बचत
दूध बेचेर वार्षिक २० लाख कमाइ
चितवनका दुई पालिकामा दूध ‘जोन’