काठमाडौँ । सरकारले संघीय निजामतीसम्बन्धी अध्यादेशमार्फत अधिकृतदेखि सचिवसम्म तीन पद थप गर्ने तयारी गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार अधिकृतबाट उपसचिव, उपसचिवबाट सहसचिव र सहसचिवबाट सचिवमा बढुवा हुनुअघि एक–एक श्रेणी थप गर्न छलफल भइरहेको छ ।
पदको नाम भने यकिन भइसकेको छैन । ‘अनौपचारिक रूपमा राजनीतिक तहमा पनि सामान्य छलफल चलेको छ,’ मन्त्रालयका एक अधिकारीले भने । सरकारले संसद् बन्द गरेर संघीय निजामतीको पूर्ण वा आंशिक अध्यादेश ल्याउने तयारी गरिरहेको छ । निजामतीमा पद थप्दा प्रदेश सचिव, विभागीय प्रमुख, उपसचिव र अधिकृत प्रमुख भएका कार्यालयहरूमा कनिष्ठ र वरिष्ठका आधारमा कामकाज गराउन सहज हुने अपेक्षा गरिएको मन्त्रालयका अधिकारीहरूले बताए ।
न्याय कानुन तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले अतिरिक्त सचिवलगायतका तीन तहमा नयाँ दरबन्दी सिर्जना गराउने विषयमा अनौपचारिक छलफल भएको पुष्टि गरे । ‘अतिरिक्त सचिवको विषयमा कुराकानी भएको छ,’ उनले भने, ‘निजामती ऐनमा धेरै विषय समावेश गर्नुपर्ने भएपछि अधिकृतमाथि सचिवसम्म एक–एक पद थप्ने विषय उठेको हो ।’ कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, १५ कार्तिक २०७८, ०७ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निजामती सेवा अध्यादेश प्रमाणीकरण
निजामती सेवामा महिलाको प्रतिनिधित्व १५ वर्षमा ५.५ प्रतिशतले बढ्यो