निजामती सेवा अध्यादेश प्रमाणीकरण

सफल खबर संवाददाता

शुक्रबार, १२ पुस २०८१, १६ : ४३
निजामती सेवा अध्यादेश प्रमाणीकरण

काठमाडौं। गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेश निजामती सेवा (पहिलो संशोधन) अध्यादेश २०८१ प्रमाणीकरण गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशले अध्यादेश प्रमाणीकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा बुधबार पठाएको थियो । उक्त अध्यादेश उनले आज प्रमाणीकरण गरेका हुन् ।

 

 

 

 

नेपालको संविधानको धारा २०२ को उपधारा १ बमोजिम अध्यादेश प्रमाणीकरण गरेका प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता रामेश्वर अर्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । गत मङ्गलबारको गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले प्रदेश निजामती सेवा ऐन संशोधनका लागि अध्यादेश पारित गरेको थियो ।

 

 

 

प्रतिक्रिया दिनुहोस