नाइजेरिया । नाइजेरियाको राष्ट्रिय प्रहरीले गएको दुई हप्तायता यहाँका डाँकू तथा तस्करका विरुद्धमा गरेको कारबाहीका क्रममा कम्तीमा पनि ७१ जनाको मृत्यु भएको बताइएको छ ।
यहाँको प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरेर सो कुराको जानकारी दिएको हो । प्राप्त समाचारअनुसार सो कारबाहीका क्रममा अरु कैयौँ डाँकूलाई नियन्त्रणमा लिएर थुनामा राखिएको छ ।
१४ देखि प्रायः तस्कर र डाँकूहरुले दुःख दिने गरेको नाइजेरियाको उत्तर पश्चिमी क्षेत्रमा सो कारबाही गरिएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार त्यस क्षेत्रमा यहाँको प्रहरीले अक्टोबर १४ तारिखदेखि यस्तो कारबाही गरेको हो ।पत्रकार सम्मेलनका क्रममा यहाँको सेना तथा प्रहरीको संयुक्त फोर्सका तर्फबाट कुनै स्थानमा सेना तथा प्रहरी समेतको कारबाहीका क्रममा ती डाँकूहरु मारिएका हुन् ।(सिन्ह्वा)
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १२ कार्तिक २०७८, १२ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाढीका कारण नाइजेरियामा १७० जनाको मृत्यु
नाइजेरियामा बिद्यालय भवन भत्किँदा कम्तीमा २२ जना बालबालिकाको ज्यान गयो
नाइजेरियामा बम विस्फोट हुँदा १८ जनाको मृत्यु, ४८ घाइते
नाइजेरियामा भएको विस्फोटमा १८ जनाको मृत्यु
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा ४० जनाको मृत्यु