धानबालीको क्षतिको राहत : २० देखि ६५ प्रतिशतसम्म

सफल खबर संवाददाता

विहीबार, ११ कार्तिक २०७८, १८ : ४७
धानबालीको क्षतिको राहत : २० देखि ६५ प्रतिशतसम्म

काठमाडौं । सरकारले धानबालीमा भएको क्षतिको राहत २० देखि ६५ प्रतिशतसम्म दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले किसानलाई धानबालीको क्षेत्रफलका आधारमा राहत दिने निर्णय गरेको हो ।

सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचनाप्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले साना किसानलाई बढीमा १० कठ्ठा जग्गामा धानबाली भएकालाई क्षतिको अधिकतम ६५ प्रतिशत राहत दिनेछ भने मध्यम किसान अर्थात् १० कठ्ठादेखि तीन बिगाहासम्म धानबालीमा क्षति भएकालाई क्षतिको ३० प्रतिशत र ठूला किसानलाई क्षतिको अधिकतम २० प्रतिशतसम्म राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

सरकारले यसअघि नै धानबालीमा भएको क्षतिको विवरण एकिन गर्नका लागि गृहसचिव टेकनारायण पाण्डेको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस