काठमाडौं । लगातार ६ वर्षदेखि सरकारले दिएको राजस्वको लक्ष्य पूरा गर्न असफल हुँदै आएको वीरगन्ज भन्सार कार्यालयले चालू आर्थिक वर्षमा भने हरेक महिनामा लक्ष्यभन्दा बढी नै राजस्व संकलन गर्न सफल भएको छ।
मुलुकको प्रमुखस्थल नाकामा रहेको वीरगन्ज भन्सार कार्यालय यसअघि मधेस आन्दोलन, नाकाबन्दी र कोरोना महामारी र लकडाउनका कारण ६ वर्ष लगातार राजस्वको लक्ष्य पूरा गर्न असफल हुँदै आएको थियो।
तर चालू आर्थिक वर्षका साउन, भदौ र असोजमा वीरगन्ज भन्सारले लक्ष्यभन्दा बढी नै राजस्व संकलन गरेको छ। चालू आर्थिक वर्षको गत असोज महिनामा वीरगन्ज भन्सारले लक्ष्यभन्दा २२ प्रतिशत बढी अर्थात् लक्ष्यभन्दा ३ अर्ब ७६ करोड ५९ लाख ६० हजार रुपैयाँ बढी राजस्व संकलन गरेको खबर अन्नपूर्ण पोस्टमा छापिएको छ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ०७ कार्तिक २०७८, ०७ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मेची भन्सारले उठायो आठ अर्ब ८४ करोड राजस्व
बारा-पर्सामा राजस्व चुहावटका घटना बढे
पेट्रोलियम पदार्थबाट ३७ अर्ब राजस्व संकलन
राजस्व कार्यालयबाट बक्यौता असुलीमा कडाइ
चालु आर्थिक वर्षको ६ महिनामा ५ खर्ब ५९ अर्ब राजस्व सङ्कलन
पाँच महिनामा सात करोड बढी राजस्व सङ्कलन