सुनको मुल्यमा सामान्य गिरावट, कति पुग्यो तोलामा ?

सफल खबर संवाददाता

सोमबार, २५ असोज २०७८, ११ : ४१
सुनको मुल्यमा सामान्य गिरावट, कति पुग्यो तोलामा ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु एक सयले घटेर ९० हजार ६० सय  कायम भएको छ । छापावाल सुन आइतबार प्रतितोला रु ९० हजार ७ सय मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तरराष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ । महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुन प्रतितोला रु ९० हजार १५० मा कारोबार हुनेछ जुन आइतबार प्रतितोला रु ९० हजार २५० मा कारोबार भएको थियो ।

महासङ्घका अनुसार आज चाँदीको मूल्य आइतबारको तुलनामा रु पाँचले बढेको छ  । चाँदी आइतबार प्रतितोला रु एक हजार १७५ मा कारोबार भएको थियो भने आज प्रतितोला रु एक हजार १८० मा कारोबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस