काठमाडौँ । यो साता सुनचाँदीको मूल्यमा उतारचढाव देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो शुक्रबार तोलामा १ लाख ५० हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य यो शुक्रबार अर्थात पुस १९ गते १ लाख ५३ हजार ५०० रुपैयाँ पुग्यो । यस आधारमा सुनको मूल्य एक सातामा २ हजार ८०० रुपैयाँ बढेको छ ।
महासंघका अनुसार यो साताको साताको कारोबारको पहिलो दिन १ लाख ५० हजार २०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य त्यसको भोलिपल्ट अर्थात सोमबार बढेर तोलामा १ लाख ५० हजार ६०० रुपैयाँ पुग्यो । यस्तै मंगलबार भने घटेर तोलामा १ लाख ४९ हजार ६०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यस्तै बुधबार १ लाख ५१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार भने १ लाख ५१ हजार ५०० पुगेको र शुक्रबार थप बढेर १ लाख ५३ हजार ५०० कायम भएको महासंघले जनाएको छ ।
यस्तै चाँदीको मूल्य पनि घटबढ हुँदै शुक्रबारसम्म आइपुग्दा १ हजार ८१० रुपैयाँ कायम भएको छ । अघिल्लो शुक्रबार भने चाँदीको मूल्य १ हजार ८१५ रुपैयाँ कायम भएको थियो । त्यसपछि आइतबार १ हजार ७९०, सोमबार १ हजार ७९५, मंगलबार र बुधबार १ हजार ७६५, बिहीबार १ हजार ७९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० पुस २०८१, १३ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य तोलामा ११०० रुपैयाँ बढ्यो, कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य तोलामा १ लाख ७० हजार २०० रुपैयाँ पुग्यो
सुनको मूल्य फेरि रेकर्ड नजिक, आज कतिमा हुँदैछ खरिद–बिक्री?
आज कति छ सुनचाँदीको मूल्य ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?