देउवा नेतृत्वको मन्त्रिपरिषदमा पम्फा भुसाललाई चौथो वरियता, कसको वरियता कति ?

सफल खबर संवाददाता

शुक्रबार, २२ असोज २०७८, १६ : ५६
देउवा नेतृत्वको मन्त्रिपरिषदमा पम्फा भुसाललाई चौथो वरियता, कसको वरियता कति ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ८८ दिनपछि आफ्नो मन्त्रिमण्डललाई पूर्णता दिएका छन् ।

सत्ता घटक राजनीतिक दललाई समेट्दै प्रधानमन्त्री देउवाले मन्त्रिमण्डललाई शुक्रबार पूर्णता दिँदै संविधानअनुसार २५ सदस्यीय मन्त्रिपरिषद बनाएका हुन् । देउवाले शुक्रबार मन्त्रिपरिषदलाई पूर्णता दिँदा कार्यविभाजन र वरियता समेत छुट्याएका छन् ।

गठबन्धनको देउवा सरकारमा प्रधानमन्त्री देउवापछि गृहमन्त्री बालकृष्ण खाँण दोस्रो नम्बरमा छन् । त्यस्तै वरियताको तेस्रो नम्बरमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की रहेका छन् भने उर्जा जलस्रोत तथा सिञ्चाइ मन्त्री रहेकी माओवादी केन्द्रकी पम्फा भुसाल वरियताको चौथो नम्बरमा रहेकी छन् । भुसाल माओवादी केन्द्रको नेतृत्व गर्दै सरकारमा गएकी हुन् ।

त्यस्तै पाँचौ नम्बरमा रहेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले जनता समाजवादीको तर्फबाट सरकारमा नेतृत्व गरेका छन् । छैठौं नम्बरमा नेकपा एकीकृत समाजवादीको तर्फबाट सरकारको नेतृत्व गर्दै विरोध खतिवडा स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका छन् ।

अर्थमन्त्री जनार्दन शर्मा बरियताको सात नम्बरमा परेका छन् । शिक्षा मन्त्री रहेका देवेन्द्र पौडेलको वरियता १४ औं नम्बरमा रहेको छ ।

यसैगरी भूमि सुधारमन्त्री रहेकी शशी श्रेष्ठको वरियता १७ औं रहेको छ भने खेलकुद मन्त्री महेश्वरजंग गहतराजको वरियता २२ नम्बरमा रहेको छ । यस्तै अन्तिम वरियतामा शिक्षा राज्यमन्त्री बोधमायाकुमारी यादवको रहेको छ ।

प्रतिक्रिया दिनुहोस