काठमाडौं । बितेको २४ घण्टामा थप ८ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार ६७२ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ८ जनाको मृत्यु भएको छ भने ९११ जना निको भएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख २८२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९२ हजार ७९० जना पुगेको छ ।
संक्रमितमध्ये हालसम्म ७ लाख ७३ हजार जना निको हुँदा ११ हजार २०० जनाको मृत्यु भएको छ । हाल देशभर सक्रिय संक्रमित १५ हजार ९४२ जना रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ असोज २०७८, १७ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति