राजधानीबाट चोरी भएका २१ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा

सफल खबर संवाददाता

मंगलबार, १९ असोज २०७८, १२ : १६
राजधानीबाट चोरी भएका २१ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका विभिन्न स्थानबाट हराएका मध्ये २१ मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ । हस्तान्तरण गरिएका २४ मध्ये १० वटा मोटरसाईकल र ११ वटा स्कुटर रहेका छन ।

ट्राफिक प्रहरी महाशाखाबाट खटिएको सादा पोशाकको टोलीले खोजतलास गरि विभिन्न स्थानबाट नियन्त्रणमा लिएका मोटरसाइकलहरु महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् । 

हस्तान्तरण कार्यक्रममा बोल्दै एसएसपी भट्टराईले बिशेष सूचना संकलन र निगरानी गरी उपत्यका तथा आसपासको ईलाकाबाट मोटरसाइकलहरु बरामद गरिएको र चोरीमा संलग्न मानिसहरुलाई पक्राउ गरी आवश्यक कारबाहीका लागी तत्कालै विभिन्न प्रहरी बृत्तहरुमा पठाउने गरेको जानकारी दिए । 

उनले हराएका मोटरसाईकल खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुदै आएको छ तर अव भने हराउनै नदिनको लागी धनी समेत बिशेष चनाखो र सजक हुनुपर्ने दिन आएको बताए । थप जोडदिदैं उहाले सवारी धनी थप जिम्मेवार र चिन्तित बन्नु पर्ने र अतिरिक्त सुरक्षाका उपयहरुको प्रयोग गर्न समेत सुझाए ।
 

प्रतिक्रिया दिनुहोस