एजेन्सी । ताइवानले चीनका ३८ वटा सैनिक जहाज आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेको जनाएको छ। चीनले आफ्नो हवाई क्षेत्र उल्लंघन गरेर सैनिक विमान उडाएको यो अहिलेसम्मकै ठूलो घटना रहेको ताइवानको भनाइ छ।
दुई चरणमा परमाणु क्षमतायुक्त बमर जहाजसहितका चिनियाँ विमानहरु आफ्नो हवाई क्षेत्र (एअर डिफेन्स आइडेन्टिफिकेशन जोन–एडिआइजेड) मा प्रवेश गरेको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ।
चिनियाँ जहाजहरु आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेपछि ताइवानले आफ्ना जेट (विमान) उडाउनुका साथ मिसाइल प्रणाली पनि तैनाथ गरेको बिबिसीले जनाएको छ।
चीनले ताइवानलाई आफ्नो एक प्रान्तका रुपमा लिने गरेको छ। तर ताइवान भने आफू स्वतन्त्र सर्वाभौम देश रहेको बताउँछ । ताइवानले विगत एक वर्षभन्दा बढी समयदेखि चीनले आफ्नो हवाई क्षेत्र उल्लंघन गरेको आरोप लगाउँदै आएको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, १६ असोज २०७८, १० : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ताइवानमा अस्पतालमा आगलागी, आठ जनाको मृत्यु
ताइवानमा आँधीका कारण आठ जनाको मृत्युः एक बेपत्ता, ८६६ घाइते
ताइवानमा नौ जना सवार जहाज डुब्यो
ताइवानी आकाशमा चिनियाँ लडाकु विमान
ताइवानको राष्ट्रपतिको रूपमा लाइ चिङ तेहले लिए शपथ
ताइवान भूकम्प अपडेट : ४ को मृत्यु, २६ वटा भवनमा क्षति