रूपन्देही । आजका लागि बोलाइएको लुम्बिनी प्रदेशसभा बैठक पुनः सूचना टाँसेर स्थगित भएको छ। असोज ७ मा बोलाइएको सदन सूचनाबाट आजका लागि सारिएको थियो । दिउँसो १ बजेका लागि बोलाइएको बैठक असोज २० गते बस्ने गरी सरेको प्रदेशसभा सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलले पार्टीको विधान महाधिवेशनमा सहभागी हुनुपर्ने कारण देखाएपछि सभामूख पूर्णबहादुर घर्तीले बैठक सारेका हुन्।भदौ १ गते प्रदेशसभाको नवौं अधिवेशन सुरु भएयता कुनै पनि बैठक पूर्णरुपमा बस्न सकेका छैनन्। एमालेले आफ्ना सांसदद्वय अजय शाही र विमला वलीलाई कारवाही गर्नुपर्ने माग राखी लगातार सदन अवरुद्ध गर्दै आएको छ।
एमालेले आफ्ना माग पूरा नभइ सदन चल्न नदिने पुरानो निर्णयमा फेरबदल नभएको एमालेका प्रमुख सचेतक भूमिश्ववर ढकालले बताए । उनले आफ्नो पार्टीको विधान अधिवेशन रहेको जानकारी सदनलाई दिएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ असोज २०७८, १३ : १५
लेखकबाट थप